आर्थिक

कृषि विकास बैंकद्वारा कृषि ऋणपत्र विक्री शुरु

हिमालय टिभी
२०७७ माघ ७ गते १४:०१
कृषि विकास बैंकद्वारा कृषि ऋणपत्र विक्री शुरु

७ माघ २०७७ काठमाडौं । कृषि विकास बैंकले आजदेखि कृषि ऋणपत्रको विक्री शुरु गरेको छ ।

कृषि कर्जा प्रवाहमा नेतृत्वदायी भूमिका पाएको बैंकले २४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने तयारी गरेपनि अहिले ६ अर्ब रुपैयाँ बराबरको मात्रै ऋणपत्र विक्री थालेको छ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कृषि कर्जा प्रवाहको नेतृत्व लिन र त्यसका लागि कृषि ऋणपत्र जारी गर्न पाउने व्यवस्था गरेको छ ।

मौद्रिक नीति जारी भएको झण्डै ६ महिनापछि बैंकले ऋणपत्र विक्री गर्न लागेको हो । आज बैंकको ५४ औं वार्षिकोत्सवको अवसर पारेर कृषि ऋणपत्रको विक्री र किसान क्रेडिटको वितरण शुरु गरिएको हो ।

पहिलो चरणमा जारी हुन लागेको ऋणपत्र २७ वटा बाणिज्य बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई विक्री गर्ने तयारी छ । यस्तै बैंकले मौद्रित नीतिमा उल्लेख भएअनुसार किसानलाई किसान क्रेडिट कार्ड तथा एप वितरण गरेको हो।

क्रेडिट कार्ड राष्ट्र बैंकको निर्देशनअनुसार सञ्चालन हुनेछ । तर, क्रेडिट कार्ड भनिए पनि शुरुमा किसानले बैंक खातामा तोकिएको रकम भने राख्नुपर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *