खेलकूद
चेल्सीलाई हराउँदै लेष्टर सिटी इंग्लिस प्रिमियर लीगको शीर्ष स्थानमा
२०७७ माघ ७ गते ७:३७

७ माघ २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा लेष्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ ।
प्रिमियर लीग अन्तर्गत चेल्सीमाथि २–० जितसहित लेष्टरले शीर्ष स्थान कब्जा गरेको हो । घरेलु मैदानमा लेष्टरको जितमा विलफ्रेड एनडिडी र जेम्स म्याडिन्सनले एक(एक गोल गरेका थिए ।
विलफ्रेडले खेलको छैठौं र म्याडिन्सनले ४१औं मिनेटमा गोल गरे । जितपछि लेष्टरले १९ खेलबाट ३८ अंक जोडेको छ ।
उता पराजयसँगै आठौं स्थानमा खस्किएको चेल्सीको समान १९ खेलबाट २९ अंक छ । लीग अन्तर्गत नै अर्को खेलमा वेष्ट ह्याम युनाइटेडले वेष्ट ब्रोमलाई २१ गोलले हरायो ।
प्रतिक्रिया