खेलकूद

प्रदेश १ नेकपा प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकमा ३३ जना सांसद सहभागी

हिमालय टिभी
२०७७ माघ ६ गते १५:०५
प्रदेश १ नेकपा प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकमा ३३ जना सांसद सहभागी

६ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहको प्रदेश १ संसदीय दलको बैठक बसीरहेको छ ।

विराटनगरस्थित होटल एसिया टिकमा जारी बैठकले भोलि शुरु हुने प्रदेश १ को हिउँदे अधिवेशनको लागि रणनीति तय गर्नेछ । बैठकमा ३३ जना प्रदेश सांसद सहभागी छन । प्रदेशसभाका ९३ सदस्यमध्ये नेकपाका ६७ जना सांसद छन् ।

प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गरेको अविश्वास प्रस्तावमा ३७ जनाको हस्ताक्षर भए पनि चारजनाले फिर्ता लिएका थिए । अविश्वास प्रस्ताव भोलि शुरु हुने अधिवेशनका क्रममा छिनोफानो गर्ने तयारी छ ।

नेकपाको केपी शर्मा ओली समूहले बोलाएको बैठक भने आज स्थगित भएको छ । बहुमत सदस्यको उपस्थिति नहुने भएपछि ओली समूहको बैठक स्थगित भएको बताइएको छ ।

नेकपा भित्रैको एउटा समूह कतै नखुलेपछि संसदीय दलमा दुबै पक्षको वहुमत देखिएको छैन । नेकपा प्रमुख सचेतक तथा ओली समूहका नेता बुद्धिकुमार राजभण्डारीले समय अभावका कारण आजका लागि बोलाइएको बैठक स्थगित गरिएको बताउनुभयो ।

प्रतिपक्षी नेपाली कांग्रेसको प्रदेश १ संसदीय दलको बैठक पनि बसिरहेको छ । कांग्रेसले अहिलेसम्म मुख्यमन्त्री राईलाई समर्थन गर्ने कि अविश्वास प्रस्तावको पक्षमा भन्ने निर्णय लिइसकेको छैन ।

कांग्रेसले जता समर्थन गर्छ त्यतै बहुमत पुग्ने देखिएको छ । त्यसैले दुबै पक्षले कांग्रेसलाई आफ्नो पक्षमा पार्न प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्