आर्थिक
सुनको भाउ तोलामा ४ सय बढ्यो, प्रतितोला ९२ हजार रुपैयाँमा कारोवार
२०७७ माघ ६ गते १३:२०

६ माघ २०७७ काठमाडौं । लगातार ओरालो लागिरहेको सुनको भाउ आज सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा कारोवार भइरहेको छ।
तेजावी सुनको मूल्लय तोलामा पनि चार सय रुपैयाँले बढेर ९१ हजार पाँच सय रुपैयाँमा कारोवार भइरहेको छ।
यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया