आर्थिक

नेपालमा फिप्थ जेनेरेसन होन्डा सिटी कारको विक्री शुरु

हिमालय टिभी
२०७७ माघ ५ गते १८:५२
नेपालमा फिप्थ जेनेरेसन होन्डा सिटी कारको विक्री शुरु

५ माघ २०७७ काठमाडौं । विश्वप्रशिद्ध अटोमोबाइल कम्पनी होन्डाको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले फिप्थ जेनेरेसन होन्डा सिटी कारको विक्री थालेको छ ।

कम्पनीले आजदेखि होन्डा सिटी कार नेपालभरी विक्री खुल्ला गरेको हो । स्याकार ट्रेडिङले सिटीको भि म्यानुयल, भि अटोमेटिक, भिएक्स म्यानुयल, भिएक्स अटोमेटिक, जेडएक्स म्यानुयल र जेडएक्स अटोमेटिक भेरियन्ट नेपाली बजारमा ल्याएको छ ।

अन्य गाडीको तुलनामा यी कार प्रविधि मैत्री, वातावरण मैत्री र सुविधायुक्त रहेको ज्योती ग्रुपका निर्देशक सौरभ ज्योतीले बताउनुभयो ।

फुल एचडी टिएफटी डिस्प्ले, ८ वटा स्पीकर, इन्फोटेन्टमेन्ट सिस्टम, सुरक्षाका लागि एबीएस, इबीडी, एयरव्याग, हिल स्टार्ट असिस्ट, प्रजेक्टर हेडल्याम्प, डे टाइम रनिङ लाइटजस्ता फिचर सिटी कारमा उपलब्ध छन् ।

सिटी कार ५४ लाखदेखि ७० लाखसम्ममा पाइन्छ । सिटीको सुरुवाती भेरियन्ट भि म्यानुअलको मूल्य ५३ लाख ९० हजार र जेडएक्स अटोमेटिकको मूल्य ६९ लाख ९० हजार छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *