एनसेलले ल्यायो उद्यमीका लागि ‘बिजप्लस’ योजना

५ माघ २०७७ काठमाडौं । एनसेल आजियाटा लिमिटेडले उद्यमीका लागि ‘बिजप्लस’ योजना ल्याएको छ।
सानादेखि ठूला उद्योग, प्रतिष्ठान र कार्यालयलाई आवश्यकता अनुसारको सेवा प्रवाह गर्न एनसेलले ल्याएको यो योजनामा भ्वाइस, डेटा, एसएमएस र उपयोगी डिजिटल सेवा समावेश गरिएको एनसेलले जनाएको छ ।
साना तथा मझौला उद्योग र सरकारी कार्यालय तथा निकायले ३० दिनका लागि कर बाहेक १४९ रुपैयाँबाट शुरु हुने बिजप्लस योजना लिन सक्छन्। ठूला उद्योग तथा कर्पोरेटले मासिक कर बाहेक २९९ रुपैयाँबाट सुरु हुने प्लानहरु लिन सक्छन ।
साना तथा मझौला उद्योगीले आफ्नो आवश्यकताअनुसार ३० दिनको १४९ रुपैयाँ वा १९९ रुपैयाँ शूल्क लाग्ने प्लानहरु सुचारु गर्न सक्छन्। कर्पोरेट ग्राहकले २९९ देखि १ हजार ४ सय ९९ रुपैयाँसम्मका ६ वटा बिजप्लान मध्य कुनै पनि प्लान लिन सक्छन ।
सरकारी कार्यलयका ग्राहकले १४९ रुपैयाँदेखि ४९९ रुपैयाँसम्मका ४ वटा प्लानमध्ये आफ्नो आवश्यकता अनुसार कुनै पनि प्लान चलाउन सक्छन् ।
प्रतिक्रिया