आइपुगे राष्ट्रिय क्रिकेट टोलीका नव नियुक्त मुख्य प्रशिक्षक डेभ ह्वाटमोर

Himalaya Television
२०७७ माघ ५ गते १४:२४

आइपुगे राष्ट्रिय क्रिकेट टोलीका नव नियुक्त मुख्य प्रशिक्षक डेभ ह्वाटमोर

५ माघ २०७७ काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक डेभ ह्वाटमोर नेपाल आइपुगेका छन् ।

अष्ट्रेलियाका पूर्व खेलाडी ह्वाटमोर गएराति नेपाल आएका हुन् । क्यान स्रोतका अनुसार उनी केही दिनको क्वारन्टिन बसाईपछि प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगितामा पुगेर खेलाडीको प्रदर्शन हेर्ने छन् ।

गत पुस २ गते नेपाल क्रिकेट संघ (क्यान)ले अष्ट्रेलियन नागरिक ह्वाटमोरलाई राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । मुख्य प्रशिक्षकका लागि आवेदन दिएका ७२ जनाबाट अन्तरवार्तामा बोलाइएका १५ जना मध्ये ह्वाटमोरलाई क्यानले छनोट गरेको थियो ।

राष्ट्रिय क्रिकेट टोली झण्डै एक वर्षदेखि प्रशिक्षकविहीन छ । प्रधानमन्त्री कपमा गरेको प्रदर्शनका आधारमा राष्ट्रिय टिमका लागि खेलाडी छनोट गरिने क्यानले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs