लिभरपुल र म्यानचेष्टर युनाइटेड गोलरहित बराबरीमा रोकिए
५ माघ २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा लिभरपुल र म्यानचेष्टर युनाइटेड बराबरीमा रोकिएका छन् ।
लीग अन्तर्गत साविक विजेता लिभरपुल र शीर्ष स्थानको म्यानचेष्टर युनाइटेडले गोलरहित बराबरी खेलेका हुन् । खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा बराबरी खेल्दै अंक बाडेका छन् ।
बल पोजिसनमा पकड बनाएपनि घरेलु टोली लिभरपुल गोल गर्न चुकेको थियो । यस्तै गोलको अवसर सिर्जना गरेपनि युनाइटेडले त्यसमा सफल हुन सकेन । बराबरीसँगै युनाइटेड १८ खेलबाट ३७ अंकसहित शीर्ष स्थानमा कायमै छ ।
उता चौथो स्थानमा खस्किएको लिभरपुलको समान १८ खेलबाट ३४ अंक जोडेको छ ।
लीगकै अर्को खेलमा क्रिष्टल प्यालेसमाथि ४–० को शानदार जित निकाल्दै म्यानचेष्टर सिटी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
सिटीको जितमा जोन स्टोन्सले दुई तथा इल्के गुण्डोगान र रहिम स्टरलिङले एक(एक गोल गरेका थिए । जितसँगै सिटीको १७ खेलबाट ३५ अंक भएको छ । त्यस्तै अर्को खेलमा टोटेनह्यामले शेफिल्ड युनाइटेडमाथि ३१ गोलको जित निकाल्यो ।
प्रतिक्रिया