खेलकूद
प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदै
२०७७ माघ ५ गते ७:३२
![प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदै](https://www.himalayatv.com/wp-content/uploads/2019/07/cricket.jpg)
५ माघ २०७७ काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन् ।
प्रतियोगिता अन्तर्गत आज गण्डकी प्रदेश र प्रदेश १ तथा बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश भिड्न लागेका हुन् ।
समूह ए अन्तर्गत मुलपानी क्रिकेट मैदानमा गण्डकी र प्रदेश(१ बीच खेल हुनेछ । पहिलो खेलमा पराजित दुबै टोली आज पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछन् । खेल विहान नौ बजे शुरु हुनेछ ।
यस्तै समूह बीको खेलमा बागमती र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता अन्तर्गत पहिलो खेल जितेको बागमती आज लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहनेछ भने सुदूरपश्चिमले पहिलो खेल खेल्दैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान नौ बजे नै शुरु हुनेछ ।
प्रतिक्रिया