आर्थिक

किसानलाई मल छैन, भन्सारमा नष्ट गर्ने तयारी (भिडियो)

हिमालय टिभी
२०७७ माघ ५ गते ६:१८
किसानलाई मल छैन, भन्सारमा नष्ट गर्ने तयारी (भिडियो)

५ माघ २०७७ काठमाडौं । किसानले मल नपाइरहेका बेला सिर्सिया सुक्खा बन्दरगाहमा अलपत्र रहेको रासायनिक मल भने नष्ट गरिने भएको छ ।

भिजेको डीएपी मलको गुणस्तर जाँच गरिने र प्रयोगमा ल्याउन नमिल्ने जति मल नष्ट गर्न गर्ने तयारी गरिएको छ । भिजेको मलले गोदाममात्रै ओगटेका कारण त्यसको व्यवस्थान गर्न लागिएको सिर्सिया सुख्खा बन्दरगाह कार्यालयले जनाएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ग्लोबल टेन्डरमार्फत खरीद गरेको मल गत भदौ र असोजमा वीरगञ्जको सिर्सिया सुक्खा बन्दरगाहमा आइपुगेको थियो । यो मल साल्ट ट्रेडिङले आपूर्तिकर्ता स्वीस सिंगापुर ओभरसिजसँग किनेको थियो । जसमध्येको केही मल भिजेर डल्ला परेको छ ।

आपूर्तिकर्ता कम्पनीका भन्सार एजेन्ट प्रतिनिधिले गत मेमा बंगालको खाडीमा आएको ‘अम्फन’ आँधीका कारण मल भिजेको बताएका थिए । मल कोलकातामा नै भिजिसकेको थियो । त्यो मल बन्दरगाहमा राख्न नदिएपछि वीरगञ्ज ल्याइयो ।

रेलको ब्यागनबाट अनलोड गरी बन्दरगाहको गोदाममा अनलोड गर्ने क्रममा नै मल डल्लो परिसकेको थियो । मल भिजेर कालो डल्लो बनेपछि आयात गर्ने ठेकेदार कम्पनीले जाँचपासका लागि प्रक्रिया नै सुरु गरेन ।

जाँजपास नहुँदा भन्सारको गोदाममा ठाउँ ओगटिएको छ । कृषि मन्त्रालयले खटाएको स्वतन्त्र सर्भेयरले काम लाग्ने र नलाग्ने मललाई छुट्याइरहेका छन् । अब काम नलाग्ने मल नष्ट गर्ने भन्सार कार्यालयको तयारी छ ।

सप्लायर कम्पनीका कर्मचारीले भिजेको मल व्यवस्थापन गर्न ३ दिनको समय मागेका थिय । आफूले ५ दिनको समय दिएको तर काम सम्पन्न नभइसकेको भन्सार कार्यालयको दावी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *