लेष्टर सिटी इंग्लिस प्रिमियर लीगको दोस्रो स्थानमा

४ माघ २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा लेष्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ ।
प्रिमियर लीग अन्तर्गत गएराति साउथह्याम्टनमाथि २–० को जित निकाल्दै लेष्टर तालिकाको दोस्रो स्थानमा पुगेको हो ।
घरेलु मैदानमा लेष्टरको जितमा जेम्स म्याडिसन र हार्भी बार्नेसले एक–एक गोल गरे । म्याडिसनले ३७ औं र इञ्जुरी समयको पाँचौं अर्थात ९५ औं मिनेटमा बार्नेसले गोल गरेका थिए । जितपछि लेष्टरले १८ खेलबाट ३५ अंक जोडेको छ । शीर्ष स्थानको म्यानचेष्टर युनाइटेडको १७ खेलबाट ३६ अंक छ ।
लीग अन्तर्गत नै गएराति सम्पन्न अन्य खेलमा चेल्सी, वेष्ट ह्याम युनाइटेड, ब्राइटन र वेष्ट ब्रोम विजयी भएका छन् ।
चेल्सीले फूलह्याम, वेष्ट ह्यामले बर्नली तथा ब्राइटनले लिड्समाथि समान १–० को जित निकाले । त्यस्तै वेष्ट ब्रोमले उल्फ्सलाई ३२ गोलले पराजित गरेको छ ।
प्रतिक्रिया