प्रधानमन्त्री कप क्रिकेटमा आज एपीएफ र प्रदेश १ भिड्दै

३ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि एउटा खेल हुने भएको छ ।
प्रतियोगिता अन्तर्गत दोस्रो दिन आज विभागीय क्लब सशस्त्र प्रहरीको एपीएफ र प्रदेश(एक बीच प्रतिस्पर्धा हुने भएको हो । एपीएफका कप्तानी शरद भेष्वाकर हुन् भने प्रदेश एक सिद्धान्त लोहनीको कप्तानीमा रहेको टोली हो ।
समूह ए अन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालको मैदानमा हुने खेल विहान साढे ९ बजेदेखि शुरु हुनेछ ।
यसअघि पहिलो खेलमा बिनोद भण्डारीको शतकमा विभागीय टोली आर्मीले गण्डकी प्रदेशलाई ९९ रनले हराउँदै प्रतियोगितामा शानदार शुरुवात गरेको थियो ।
प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल क्रिकेट संघ क्यानले प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरेको छ । प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल प्रवेश गर्नेछन् ।
प्रतिक्रिया