आर्थिक

पर्यटकको प्रतिक्षामा पूर्वका आकर्षक पर्यटकीय गन्तव्य (भिडियोसहित)

हिमालय टिभी
२०७७ माघ २ गते १७:४३
पर्यटकको प्रतिक्षामा पूर्वका आकर्षक पर्यटकीय गन्तव्य (भिडियोसहित)

२ माघ २०७७ विराटनगर । प्रदेश १ का पर्यटकीय गन्तव्यमा पछिल्लो समय आन्तरिक पर्यटकको उपस्थिति पातलो हुँदै गएको छ । कोरोना महामारीका कारण लामो समयसम्म शिथिल अवस्थामा रहेका पर्यटकीय गन्तव्यलाई चलायमान बनाउने प्रयास गरिरहँदा पर्यटकको आवागमन भने न्यून छ । अन्य क्षेत्र विस्तारै चलायमान हुँदै गएको समयमा पर्यटन क्षेत्र अहिले पनि लयमा फर्कन सकेको छैन ।

पर्यटन प्रवर्द्धन र विकासका लागि प्रदेश १ मा पहिचान गरिएका २८ वटै गन्तव्यमा पछिल्लो समय आन्तरिक पर्यटकको उपस्थिति सन्तोषजनक छैन । कोरोना संक्रमणको जोखिम र आम नागरिकको कमजोर क्रय शक्तिका कारण पर्यटकको चहलपहल घटेको अनुमान गरिएको छ । धनकुटा नगरपालिका वडा नम्बर ९ स्थित मुलघाटमा सामान्य अवस्थामा दैनिक १५ सयभन्दा बढी पर्यटक पुग्ने गरेका थिए । हाल फाट्टफुट्ट रुपमा मात्र आन्तरिक पर्यटक आउने गरेका छन्।

यस्तै पूर्वको आकर्षक पर्यटकीय गन्तव्य बेतना सिमसारमा पनि यस वर्ष आन्तरिक पर्यटकको संख्या पातलो छ । मोरङको बेलबारी नगरपालिका वडा नम्बर ४ स्थित पूर्व–पश्चिम राजमार्गसँग जोडिएको सिमसार क्षेत्रमा हरेक वर्ष जाडोयाममा दैनिक ८ सयदेखि १ हजारको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका थिए । तर यस वर्ष सोँचे अनुरुप आन्तरिक पर्यटकसमेत आएका छैनन् ।

पछिल्लो ४ महिनाको अवधिमा प्रदेश १ का पर्यटकीय गन्तव्यमा १५ हजारभन्दा बढी पर्यटकले भ्रमण गरेको नेपाल ट्राभल्स एण्ड टुर्स एशोसिएशनको तथ्याङ्क छ। यो अन्य वर्षको चौमासिक तथ्याङ्कको तुलनामा ७४ प्रतिशतले कम हो ।

आन्तरिक पर्यटन प्रवर्द्धनका माध्यमबाट मात्र दिगो पर्यटन विकास सम्भव हुने भए पनि पछिल्लो चौमासिक तथ्याङ्कले अवस्था जटिल देखाएको पर्यटन व्यावसायीको विश्लेषण छ।

नेपालबाट बर्सेनि साढे १३ लाख पर्यटक विदेश जाने गरेका छन् । तर अहिले विदेश जाने अवस्था छैन । यस्तो बेला ७५ प्रतिशत आन्तरिक पर्यटक परिचालन गर्न सके मात्रै पनि पर्यटन क्षेत्रलाई ठुलो राहत पुग्ने व्यवसायीको आंकलन छ । तर त्यसका लागि ठोस पहल भने हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *