राष्ट्रिय महिला लीग फूटबलमा ७ टिमको सहभागी हुने
![राष्ट्रिय महिला लीग फूटबलमा ७ टिमको सहभागी हुने](https://www.himalayatv.com/wp-content/uploads/2021/01/anfa.jpg)
२ माघ २०७७ काठमाडौं । माघ ७ गतेदेखि शुरु हुने राष्ट्रिय महिला लीग फूटबलमा ७ टिम सहभागी हुने भएका छन् ।
लिगमा तीन विभागीय टोली र चारवटा नगरपालिकाको सहभागिता रहनेछ । लीगमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलसहित लीगमा विराटनगर महानगरपालिका, चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिकाले प्रतिस्पर्धा गर्ने अखिल नेपाल फूटबल संघ (एन्फा)ले जनाएको छ ।
लीग विजेताले १५ लाख रुपैयाँ र उपविजेताले ८ लाख रुपैयाँ नगद पुरस्कार पाउने छ । यस्तै तेश्रो हुने टोलीले ५ लाख र चौथो हुने टोलीले ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले स्कुटर र हरेक विधाका उत्कृष्ट खेलाडीले जनही ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने एन्फाले जनाएको छ ।
यस्तै सहभागी टिमलाई तयारीका लागि एक लाख र कोभिन्ड फन्डमार्फत ५० हजार गरी डेढ लाख रुपैयाँ दिने छ । प्रतियोगितामा सहभागि हरेक टिममा २३ जना खेलाडी र ७ जना अफिसियल रहने छन् ।
उनीहरुको कोरोना परिक्षणसहित प्रतियोगिता भर खाने बस्ने सबै सुविधा एन्फाले व्यहोर्ने छ । माघ ७ गते शुरु हुने प्रतियोगिताको उद्घाटन खेल र फाइनल खेल दशरथ रंगशालामा हुने छ । अरु खेल भने एन्फा कम्लेक्स सातदोबाटोमा हुने छन् ।
प्रतिक्रिया