आर्थिक

शेयर बजारको इतिहासमै सबैभन्दा ठुलो परिमाणको आइपीओ खुल्यो

हिमालय टिभी
२०७७ माघ २ गते १४:३२
शेयर बजारको इतिहासमै सबैभन्दा ठुलो परिमाणको आइपीओ खुल्यो

२ माघ २०७७ काठमाडौं । नेपालको शेयर बजारकै इतिहासमा सबैभन्दा ठूलो परिमाणको साधारण शेयरका रुपमा इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आइपीओ खुलेको छ ।

मुलुकको पहिलो पूर्वाधार बैंकले ८ अर्ब रपैयाँ बराबरको ८ करोड कित्ता धितोपत्र प्रारम्भिक निष्काशनको बिक्री आजबाट थालेको हो । ८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जानेछ ।

बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण शेयर भने सर्वसाधारणले खरिद गर्न सक्ने भएका छन् । यो बैंकको शेयर निष्काशन तथा बिक्री प्रवन्धको जिम्मा एनआईबीएल एस क्यापिटल्सले पाएको छ ।

सर्वसाधारणले १० देखि २ करोड कित्तासम्म आवदेन गर्न सक्ने भएका छन् । आवेदन दिन मिल्ने समय छिटोमा ६ माघ तोकिएको छ । उक्त अवधिसम्म तोकिए बराबर आवेदन नपरेमा भने पुनः समय थप हुन्छ । यो बैंकको साधारण शेयर आइपीओ भर्ने सबैले प्राप्त गर्नेछन् ।

नेपालमा डिम्याट खाता खोल्ने सबैले आवेदन दिएको अवस्थामा पनि यसको शेयर पर्ने निश्चित छ । यस बैंकको साधारण शेयर धेरै संख्यामा आवेदन पर्नेमा कीर्तिमान राख्न सक्ने सम्भावना समेत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *