खेलकूद
बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश
२०७७ माघ १ गते ९:११
१ माघ २०७७ काठमाडौं । बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको खेलमा रियल सोसिडाडलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै बार्सिलोनाले फाइनलमा स्थान सुरक्षित गरेको हो । बार्सिलोनाका लागि रिक्वी पेगले निर्णायक गोल गर्नुभयो ।
त्यसअघि पेनाल्टीमा स्टार खेलाडीद्वय एन्टोइन ग्रिजमन र फ्रेन्की डी जोङ गोल गर्न असफल हुनुभएको थियो । साविक विजेता रियल मड्रिडले फाइनल प्रवेशका लागि आज एथ्लेटिको विल्वाओसँग प्रतिस्पर्धा गर्ने छ ।
खेलको ३९ औं मिनेटमा डी जोङले मार्टिन ब्रेथवेइट र एन्टोइन ग्रिजमनसँगको उत्कष्ट तालमेलमा गोल गरी बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
तर, डी जोङले नै ५१ औं मिनेटमा डी बक्सभित्र फल गरेपछि सोसिडाडले पेनाल्टी पायो र मिकेल ओयारजावालले बराबरी गोल गर्नुभयो ।
प्रतिक्रिया