कला/मनोरञ्जन

द भ्वाइस अफ नेपालको तेश्रो संस्करण : को आयो नयाँ कोच ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष २९ गते २०:४५
द भ्वाइस अफ नेपालको तेश्रो संस्करण : को आयो नयाँ कोच ? (भिडियोसहित)

२९ पुस २०७७ काठमाडौं । हिमालय टेलिभिजनको चर्चिच रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन थ्रीका लागि ४० हजार जनाले डिजिटल अडिसन दिएका छन् । डिजिटल अडिसन दिएकामध्येबाट ब्लाइन्ड अडिशनका लागि सहभागी छनोट गरिँदैछ । अबको एक महिना भित्रमा द भ्वाइस अफ नेपाल सिजन थ्रीको प्रशारण शुरु गर्ने तयारीका साथ प्रायोजकसँग सम्झौता भएको छ ।

द भ्वाइस अफ नेपाल सिजन थ्रीको तयारी तीब्र भएको छ । डिजिटल अडिसन पूरा भइसकेको छ । डिजिटल अडिसनमा ४० हजार जना सहभागी भएका छन् । तिनै सहभागीमध्येबाट ब्लाइन्ड अडिसनका लागि १ सय २० जना छनौट गरिनेछ र अहिले छनौटको काम अन्तिम चरणमा छ ।

यसरी छानिने प्रतिभाले ब्लाइन्ड अडिसन दिने छन् र ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सक्ने प्रतिभा अघिल्लो चरणमा प्रवेश गर्नेछ । द भ्वाइस अफ नेपाल गीत संगीतमा नयाँ प्रतिभा खोज्नेसँगसँगै पूराना गीत संगीतलाई अहिलेको नयाँ पुस्तामा चिनाउने एउटा माध्यम बनेको छ ।

दीप श्रेष्ठ र प्रमोद खरेल लगातार तेश्रो सिजनमा पनि द भ्वाइस अफ नेपालको कोच हुनु भएको छ । यस्तै सिजन टुका कोच राजु लामाले तेश्रो सिजनमा पनि निरन्तरता पाउनु भएको छ । तर कोच आस्था राउतको ठाउँमा भने तृष्णा गुरुङको प्रवेश भएको छ ।

आस्था राउतको समय नमिलेकाले तृष्णालाई नयाँ कोच बनाइएको हो । डिजिटल अडिसनमा भारत, थाइल्याण्ड, बर्मा, अष्ट्रेलिया र अमेरिकामा बस्ने नेपाली मूलका प्रतिभा पनि सहभागी छन् । अन्तर्राष्ट्रिय फ्रेञ्चाइज शो द भ्वाइसको फर्म्याट अनुसार यस पटक द भ्वाइस अफ नेपाल सिजन थ्री दर्शकका लागि रोचक हुनेछ ।

कार्यक्रमको टाइटल स्पोन्सर ओप्पो मोबाइलले गरेको छ भने पावर्ड बाई स्पोन्सर्डमा बजाज पल्सर मोटरसाइकल र माइ सेकेण्ड टिचर छन् । यसैगरी सिटी एक्सप्रेस मनी ट्रान्सफर र लोटस हर्बल को–स्पोन्सर छन् ।

कार्यक्रमको भोटिङ पार्टनरमा प्रभु पे आवद्ध भएको छ । एसोसिएट स्पोन्सरमा डावर रियल जुस र हिमालय हर्वल छन् । यो सिजनको एक्सक्लुसिभ मार्केटिङ पार्टनर एस मिडिया एण्ड मार्केटिङ छ । टाइटल स्पोन्सर्ड र सबै प्रायोजकसँग सम्झौतासमेत भएको छ । द भ्वाइस अफ नेपाल सिजन थ्री हरेक शुक्रबार र शनिबार राती ८ बजे हिमालय टेलिभिजन एचडीमा प्रसारण हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *