अन्तर्वार्ता

४४१ केन्द्रीय सदस्यको बहुमत पुर्‍याउने पक्ष नै नेकपाको आधिकारिकः पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेती (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष २९ गते १३:२०
४४१ केन्द्रीय सदस्यको बहुमत पुर्‍याउने पक्ष नै नेकपाको आधिकारिकः पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेती (भिडियोसहित)

२९ पुस २०७७ काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आयोगले आफूलाई उपलब्ध गराइएको केन्द्रीय सदस्य र पदाधिकारीको बहुमतका आधारमा नेकपाको वैधानिकता निर्क्यौल गर्ने बताउनु भएको छ ।

हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै उप्रेतीले आफ्नो आधिकारिक परिचय पत्रसहित आएका केन्द्रीय सदस्यको बहुमत जता छ त्यसैले नेकपाको नाम, चुनाव चिन्ह र झण्डा पाउने कानूनी प्रकृया र यसअघिको प्रचलन रहेको बताउनुभयो ।

नेकपाका दुबै समूहले आफू आधिकारिक भएको दावी गरेर नहुने भन्दै उहाँले निर्वाचन आयोगमा दर्ता गराइएको विवरणमा ४ सय ४१ केन्द्रीय सदस्य रहेको र त्यसैको बहुमत जोसँग छ उही आधिकारिक हुने बताउनुभयो ।

प्रचण्ड–नेपाल पक्षले विधान अनुसार चार सय ४१ जना केन्द्रीय सदस्यमध्ये आफूहरुको पक्षमा दुई सय ९५ रहेको दावी गरेको छ भने ओली पक्षले नेकपाको विधान विप।रीत केन्द्रीय सदस्य विस्तार गरेर १५ सय १ सदस्यीय बनाएको छ ।

अर्को प्रसंगमा पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीले संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको र आयोगलाई पनि दल विभाजनसम्बन्धी मुद्दा किनारा लगाउन ४५ दिनसम्मको समय लाग्ने भएकाले आगामी बैशाख १७ र २७ को निर्वाचन हुन्छ भन्नेमा आफू आशावादी नरहेको बताउनुभयो ।

अहिलेको सरकारको विश्वासनियतामाथि प्रश्न उठाउँदै उहाँले यसअघि २०७० सालको चुनावमा जस्तै गैरराजनीतिक चुनावी सरकार गठन गर्नु पर्ने बताउनुभयो ।

२०६४ सालको संविधानसभा विघटन भएर तत्कालित प्रधानमन्त्री डा बाबुराम भट्टराईले राजीनामा दिएपछि तत्कालिन प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा चुनावी सरकार गठन भएर ७० सालमा दोस्रो संविधान सभा चुनाव भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्