खेलकूद

बर्नलीलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड प्रिमियर लीगको शीर्ष स्थानमा

हिमालय टिभी
२०७७ पुष २९ गते ९:०७
बर्नलीलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड प्रिमियर लीगको शीर्ष स्थानमा

२९ पुस २०७७ काठमाडौं । बर्नलीलाई हराउँदै म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लीग फूटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

युनाइटेडले बर्नलीलाई उसैको मैदानमा हराएको हो । म्यानचेस्टर युनाइटेड कठिन जितसहित लीगको शीर्ष स्थानमा पुगेको हो ।

म्यानयुको जितमा खेलको ७१ औं मिनेटमा पोग्वाले गरेको गोल नै निर्णायक बन्यो । जितसँगै युनाईटेड १७ खेलमा ३६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

पराजित बर्नली १६ अंक सहित तालिकाको १६ औं स्थानमा रहेको छ ।

अर्को खेलमा उल्भ्सले घरेलु मैदानमा एभर्टनसँग बराबरी खेल्यो । त्यस्तै सेफिल्ड युनाईटेडसँग न्युकासल पराजित भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्