समाज

पाल्पामा पहिचान भयो यस्तो गन्तब्य: एकै ठाउँबाट देखिन्छ हिमाल, पहाड र तराई (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष २८ गते १४:२०
पाल्पामा पहिचान भयो यस्तो गन्तब्य: एकै ठाउँबाट देखिन्छ हिमाल, पहाड र तराई (भिडियोसहित)

२८ पुस, काठमाडौं । कोरोनाको कारण सिथिल बनेको पाल्पाको पर्यटन क्षेत्रले बिस्तारै गति लिन थालेको छ । कोरोनाले हर क्षेत्रलाई असर पारिहेका बेला पाल्पामा भने नयाँ–नयाँ पर्यटकीय गन्तब्य पहिचान गरिएको छ । त्यसै क्रममा पाल्पाको तिनाउ गाउँपालिका वडा नम्वर ५ मरामकोट स्थित मिराङ्गलुङ्गमा आन्तरिक पर्यटकका लागि अहिले नयाँ गन्तव्य बनेको छ ।

अहिले पाल्पा भ्रमणमा आउने जो कोहीको रोजाइ बन्न पुगेको छ( मिराङ्गलुङ्ग अथवा यु डाडा । एकै स्थानबाट तराई, पहाड र हिमाल हेर्न सकिने भएकाले अहिले दैनिक सयौंको संख्यामा पयर्टक मिराङ्गलुङ्ग पुग्ने गरेका छन । मिराङ्गलुङ्गबाट माछापुछ्रे, धौलागिरी, अन्नपूर्ण लगायतका हिमश्रृंखला देख्न सकिन्छ भने तराई तिरका बुटवल, भैरहवा तथा भारतका समेत विभिन्न भाग देखिन्छ । एक पटक पुगेका पर्यटक यो स्थान दिगो पर्यटकीयस्थल बन्न सक्ने पर्यटकको विश्वास छ ।

सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडकखण्डको जोरधारा नजिकबाट करिव ४० मिनेटको पैदल यात्रा अथवा १५ मिनेटमा गाडीको यात्रामा मिराङ्गलुङ्ग पुग्न सकिन्छ । अहिले मिराङ्गलुङ्ग जानका लागि बाटो निर्माण गर्ने, होमस्टे व्यवस्थित गर्ने, रेलिङ निर्माणको काम काम भइरहेको छ ।

मगर बहुल बसोबास मरामकोटमा मगर संस्कृति, रहनसहन र परम्परागत जिवनशैली नजिकबाट बुझ्न सकिन्छ । स्थानियबासिन्दाले नै हेरचाह गरिरहेको मरामकोटमा पर्यटकले लोपोन्मुख कौरा, मारुनी, सोरठी लगायतका नृत्यहरु हेर्न सकिन्छ ।

आन्तरिक पर्यटकको चाप बढ्न थालेसँगै स्थानीय सरकारले यसको बिकासमा चासो दिन थालेको छ । तिनाउ गाउँपालिकाका हरेक वडामा एउटा पर्यटकीय गन्तब्य बनाउने योजना सहित मरामकोटको विकासमा विशेष योजना सहित काम अघि बढाइएको छ ।

कोरोना महामारीले बाह्यय पर्यटकको मात्रै भर पर्दा नेपालको पर्यटन उद्योग उँभो लाग्न नसक्ने देखिएको छ ।
समय समयमा आइरहने महामारीले बाह्य पर्यटक आइरहने सम्भावना नहुने भएकाले दिगो पर्यटनका लागि प्रदेश सरकारले पनि आन्तरिक पर्यटनलाई नै बिशेष प्राथमिकतामा राखेर काम अगाडी बढाइरहेको छ ।

पिछडिएका बस्तीमा पर्यटकीय सम्भावना भएका स्थान धेरै छन । यसको विकास र प्रवर्द्धनमा स्थानिय, प्रदेश र संघीय तीनै सरकारबीच सहकार्य हुनु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *