समाज

पक्की घर पाएपछि लोपुन्मुख चिडिमार समूदाय हर्षित (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष २७ गते १७:१३
पक्की घर पाएपछि लोपुन्मुख चिडिमार समूदाय हर्षित (भिडियोसहित)

२७ पुस, काठमाडौं । गरिबलाई घर दिने उद्देश्यले सुरु गरिएको जनता आवास कार्यक्रमबाट बाँकेका लोपोन्मुख चिडिमार समुदायका परिबारले पक्की घर पाएका छन । सुरुका बर्षमा संघीय सरकार र त्यसपछि लुम्बिनी प्रदेश सरकारले संचालन गरेको जनता आवास कार्यक्रम अन्तर्गत नेपालगन्ज र कोहलपुर क्षेत्रका बिभिन्न गाँउमा बसोबास गर्दै आएका ४० परिवार चिडिमारले पक्की घर पाएका छन् ।

पुर्खौली पेशा चरा मार्ने भए पनि चिडिमारले पछिल्ला वर्षमा श्रमिकको रुपमा दैनिक ज्यालादारी काम गरेर जीबिकोपार्जन गर्दै आएका छन । आफ्नो नाममा जग्गा जमिन नभएका कच्ची फुसको घरमा कष्टपुर्ण अवस्थामा बस्दै आएका चिडिमार समुदायलाई सरकारले पक्की घर बनाइ दिए पछि निक्कै खुसी छन । आफ्नै पक्की घर बने पछि गर्मी, वर्षात र हावाहुरी चलेका बेला पनि ढुक्क संग बस्न र रात कटाउन सहज हुने भन्दै उनीहरु दंग छन ।

लुम्बिनी प्रदेश सरकारले जनता आवास कार्यक्रम मार्फत विपन्न, लोपोन्मुख, दलित एवं अति सीमान्तकृत जाति र समुदायलाई ३ लाख ३५ हजार उपलब्ध गराउछ भने करिब ३५ हजार मुल्य बराबरको श्रमदान घर बनाउने परिवारले गर्नु पर्छ । जनता आवासको सहयोगमा बनेका प्रत्येक घरमा टिनको छाना भएका पक्की दुई कोठाका र शौचाालय छन । भवन आचार संंहिताको पालना गरेर निर्माण गरिएकाले ती घरहरु भूकम्प प्रतिरोधी, हाबाहुरी र आगलागीबाट धेरैहद सम्म सुरक्षित छन ।

लुम्बिनी प्रदेश अन्र्तगतको शहरी बिकास तथा कार्यालय नेपालगन्जले बाँके र बर्दियामा गरेर पछिल्ला तीन बर्षमा १ हजार ३ सय ५५ वटा घर बनाएर सम्बन्धित ब्यक्तिलाई हस्तान्त्ररण गरेको छ । बाँके र बर्दिया ५ सय ११ घर निर्माणको चरणमा छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *