खेलकूद

टोटेनह्याम, चेल्सी र म्चानचेष्टर सिटी एफए कपको चौथो चरण प्रवेश

हिमालय टिभी
२०७७ पुष २७ गते ८:०५
टोटेनह्याम, चेल्सी र म्चानचेष्टर सिटी एफए कपको चौथो चरण प्रवेश

२७ पुस २०७७ काठमाडौं । टोटेनह्याम, चेल्सी र म्चानचेष्टर सिटी एफए कप फूटबलको चौथो चरणमा प्रवेश गरेका छन् ।

गएराति मरिनमाथि ५–० गोलको जित निकाल्दै टोटेनह्यामले चौथो चरणमा स्थानमा पक्का पारेको हो । टोटेनह्यामको जितमा अलाभेस मोराइसले ह्याट्रिक तथा लुकास मौरा र अल्फी डेभाइनले एक(एक गोल गरेका थिए ।

मोराइसले २४औं, ३०औं र ३७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । यस्तै मोरकम्बलाई ४–० ले पराजित गर्दै चेल्सी चौथो चरणमा प्रवेश गरेको छ ।

चेल्सीका लागि मासन माउन्ट, टिमो वेर्नर, कालुम हडसन ओडिई र कइ हाभार्टजले गोल गरेका थिए । यस्तै अर्को खेलमा म्चानचेष्टर सिटीले बर्मिङघम सिटीमाथि ३–० को जित निकाल्यो ।

सिटीका लागि बर्नान्डो सिल्भाले दुई गोल गर्दा फिल फोडेनले एक गोल गरे । यस्तै बानर्सले, ब्रिष्टोन सिटी, क्राउले र ब्राइटनले पनि चौथो चरणमा स्थान सुरक्षित पारेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्