खेलकूद

एन्फाले तयार पार्‍यो २०७८ को क्यालेण्डर, ए डिभिजन लिग अब ६ महिना संचालन हुने

हिमालय टिभी
२०७७ पुष २६ गते १८:२०
एन्फाले तयार पार्‍यो २०७८ को क्यालेण्डर, ए डिभिजन लिग अब ६ महिना संचालन हुने

अखिल नेपाल फुटबल संघ एन्फाले ६ महिने ए डिभिजन लिग सहित यो वर्ष बाँकी रहेका प्रतियोगिता समेट्दै वार्षिक क्यालेन्डर तयार पारेको छ ।

एन्फाको प्रतियोगिता कमिटिले यस वर्ष कोरोनाका कारण रोकिएको प्रतियोगितादेखी अन्तर्राष्ट्रिय प्रतियोगिता र ए डिभिजन लिगलाई समावेश गर्दै वर्ष २०७८ को वार्षिक क्यालेन्डर तयार पारेको हो । जसअन्तर्गत, आगामी भदौदेखि माघसम्म ६ महिना ए डिभिजन लिग आयोजना गर्ने एन्फाको तयारी छ । यसअघि शीर्ष डिभिजनको तीन महिनामात्र गरेको भन्दै एन्फाको आलोचना हुँदै आएको थियो । त्यस्तै, विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघ एएफसीले पनि कम्तीमा ६ महिना लिग गर्न एन्फालाई दबाब दिदै आएका थिए ।

क्यालेन्डर अनुसार एन्फाले आगामी फागुनमा कोरोनाका कारण रोकिएको बी डिभिजन लिगका बाँकी ३४ वटा खेल गर्ने, माघमा प्रदेश लिग र महिला लिगको अन्तिम चरण र फागुनमा प्रेसिडेन्ट कप तथा चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय पुरुष फुटबल आयोजना गर्ने छ ।

त्यस्तै, चैतमा सी डिभिजन, जिल्ला लिग, विश्वकप छनोटका खेलहरु, राष्ट्रिय लिग र फुटसल छनोट प्रतियोगिता गर्नेछ । बैशाखमा फुटसलको ए डिभिजन लिग र २२ वर्ष मुनिको अन्तर नगरपालिका पुरुष फुटबल प्रतियोगिता हुनेछ । त्यस्तै, जेठ महिनामा विश्वकप छनोट अन्तर्गत जोर्डनसँगको खेल, चार राष्ट्रबीच हुने महिला फुटबल, ललित स्मृती फुटबल, उमेर समुहका प्रतियोगिता र सी डिभिजन छनोटका खेल हुनेछन् ।

वर्षको साउनदेखि फागुनसम्म उप मेयर कप महिला राष्ट्रिय लिग गर्ने एन्फाले भदौमा एन्फा कप नकआउट फुटबल गर्नेछ । त्यस्तै भदौम नेपालले बंगलादेशमा हुने साफ च्याम्पियनसिप खेल्नेछ भने असारदेखी चैत्रसम्म विद्यालय स्तरीय र उमेर समुहका खेलहरु आयोजना गर्नेछ । पुस महिनामा बी डिभिजन र जिल्ला लिग तथा माघमा सी डिभिजन, फागुनमा प्रदेश लिग र चैतमा एन्फा प्रेसिडेन्ट लिग गर्ने तालिका बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्