प्रतिनिधिसभा विघटनले मुलुकमा स्थिरता छायो: प्रधानमन्त्री (भिडियोसहित)
२६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनले मुलुकमा स्थिरता छाएको दावी गर्नुभएको छ ।
राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले आफूलाई कसैले पनि चाहेर फाल्न नसकेको र त्यो स्थिरता भएको दावी गर्नुभयो । आफ्नै पार्टीका नेताहरुले विदेशीसँग मिलेर आफूलाई फाल्न चाहेकोले प्रतिनिधिसभा विघटन गरेको र अस्थिरता ल्याउने प्रयास रोकेको प्रधानमन्त्री ओलीको तर्क छ ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको विरोध गरेकोमा संचार माध्यम र बुद्धिजीवीप्रति पनि आक्रोश व्यक्त गर्नुभयो । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले संचार माध्यम र बुद्धिजीवीलाई प्रयोग गरेको उहाँको आरोप छ ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन संविधानसम्मत नभएको बताएका पूर्वप्रधानन्यायाधीशहरुविरुद्ध आक्रोशपनि आक्रोश पोख्नुभयो । केही वर्ष न्यायालयमा जागिर खानेबित्तिकै अहिले पनि न्यायालयमै छुजस्तो ठानेको प्रधानमन्त्री ओलीको टिप्पणी छ । संसद विघटनको विरोध गर्ने पूर्व प्रधानन्यायाधीशले कस्तो न्याय गरे होलान भनेर उहाँले प्रश्न उठाउनुभयो ।
प्रतिक्रिया