समाज

ढाका उत्पादनले बजार लिन नसक्दा पाल्पाका मजदुर मर्कामा (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष २६ गते १७:२०
ढाका उत्पादनले बजार लिन नसक्दा पाल्पाका मजदुर मर्कामा (भिडियोसहित)

२६ पुस, पाल्पा । कोरोनाको कारण आन्तरिक तथा बाह्य पर्यटक नआउँदा पाल्पाका ढाका व्यवसायी र यससँग सम्बन्धित सयौं मजदुर समस्यामा परेका छन । पर्यटक शुन्य प्राय हुँदा पाल्पामा उत्पादित ढाकाले बचार लिन सकेको छैन । जसले गर्दा सयौंको रोजगारी गुम्ने अवस्थामा पुगेको छ ।

पाल्पाका ढाका उद्योगमा कार्यरत महिलाले कामको आधारमा पारिश्रमिक पाउने गर्छन । धेरैजसो महिलाले ढाका बुनेरै घर खर्च चलाउने र छोराछोरीलाई विद्यालय पढाउने गरेका छन । कोरोनाको महामारिसँगै गत चैतमा लकडाउन भएपछि कारखाना नचल्दा दैनिकी चलाउन निकै समस्या परे पछि कारखाना सञ्चालकलाई आग्रह गरि मजदुर महिलाले थोरै काम थोरै ज्याला दिन माग गरेका छन ।

कोरोनाको महामारी सुरु भएसँगै शिक्षा, स्वास्थ्य, रोजगार र व्यापार व्यवसाय पूर्ण रुपमा प्रभावित भए । जस्ले गर्दा दैनिक ज्याला मजदुरि गरि साँझ विहानको छाक टार्नेहरु अझ बढी मारमा परे । कोरोना र लकडाउनले पारेको प्रभावले जनजिवन अझै पनि सामान्य बन्न सकेको छैन । बजार राम्रो होला र परिश्रम अनुसारको पारिश्रमिक पाइएला भन्ने आशमा रहेका ढाका बुन्ने महिलालाई अहिले त रोजगारिनै गुम्ने हो कि भन्ने चिन्ता छ ।

नेपालमा मात्र नभएर भारतमा समेत राम्रो पहिचान बनाउन सफल पाल्पाली ढाकाबाट ढाकाटोपी, पछ्यौरा, इष्टकोट, कुर्ता सुरुवाल, झोला, पर्स, टाई, मास्क लागायतका सामानहरु बनाइन्छ । तयारी सामान स्टकमा छन । बजार पुर्‍याउने वातावरणा बनिसकेको छैन । व्यवसायीले बजारको लागि सहयोग गरिदिन स्थानीय सरकारलाई आग्रह गरिरहेका छन ।

पाल्पामा उत्पादित ढाकाले बजार नपाउँदा धेरैको रोजगारी गुम्ने र पाल्पाको पहिचान मेटिने खतरा बढेको छ । पाल्पामा उत्पादित ढाकाको समयमै बजार व्यवस्थापन गरी धेरै महिलाको रोजगारी पहिचान जोगाउन सरोकारवालाले पहल थालिहाल्नु पर्ने आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्