खेलकूद

पाकिस्तान सुपर लीग (पीएसएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटको अक्सन आज

हिमालय टिभी
२०७७ पुष २६ गते ९:०७
पाकिस्तान सुपर लीग (पीएसएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटको अक्सन आज

२६ पुस २०७७ काठमाडौं । पाकिस्तान सुपर लीग (पीएसएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटको अक्सन आज हुँदैछ ।

पीएसएलको ड्राफ्टमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्कासहित दश जना नेपाली खेलाडी परेका छन् । स्पिनर सन्दीप लामिछाने सर्वाधिक महंगो प्लाटिनम श्रेणीको ड्राफ्टमा रहेका छन् ।

त्यस्तै सिल्भर श्रेणीको ड्राफ्टमा कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्का, उपकप्तान दिपेन्द्र सिंह ऐरी, करण केसी, कुशल मल्ल, पवन सर्राफ, सुवास खकुरेल, अविनाश बोहोरा र आशिफ शेख छन् ।

प्लाटिनम अन्तर्गत अनुबन्ध हुने खेलाडीले १ लाख ४० हजारदेखि २ लाख ३० हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । त्यस्तै सिल्भर अन्तर्गतका खेलाडीले १५ हजार देखि ३५ हजार अमेरिकी डलरसम्म पाउने छन् ।

ड्राफ्टमा परेका खेलाडी खरिदका लागि पीएसएलका ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । पाकिस्तानको लाहोरमा हुने ड्राफ्ट नेपाली समय अनुसार साँझ सवा पाँच बजे शुरु हुनेछ ।

पीएसएलमा प्लाटिनम, डाइमण्ड, गोल्ड, सिल्भर र इमरजीङ प्लेयर गरी कूल ५ श्रेणी समावेश छन् । पीएसएलमा क्वेटा ग्ल्याडियटर्स, लाहोर कलन्दर्स, मुल्तान सुल्तान्स, इस्लामबाद युनाइटेड, पेशावर जाल्मी र कराँची किंग्स गरि ६ फ्रेन्चाइज टोली छन् ।

छैठौं संस्करणको प्रतियोगिता फेब्रुअरी २० देखि मार्च २२ तारिखसम्म लाहोर र कराँचीमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्