बार्सिलोनासँग ग्रानाडा ४–० गोलले पराजित
२६ पुस २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा बार्सिलोना र सेभिया विजयी भएका छन् ।
ला लिगा अन्तर्गत गएराति बार्सिलोनाले ग्रानाडामाथि ४–० गोलको शानदार जित निकालेको हो । अवे मैदानमा बार्सिलोनाको जितमा एन्टोनी ग्रिजम्यान र कप्तान लियोनल मेस्सीले दुई(दुई गोल गरे ।
ग्रिजम्यानले १२औं र ६३औं तथा मेस्सीले ३५औं र ४२औं मिनेटमा गोल गरेका थिए । ७८औं मिनेटमा ग्रानाडाका जिसस भाल्लेजुले रेड कार्ड पाएका थिए ।
्
जितपछि १८ खेलबाट ३४ अंक जोड्दै बार्सिलोना तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित ग्रानाडा १७ खेलबाट २४ अंकसहित सातौं स्थानमा छ ।
ला लिगाकै अर्को खेलमा सेभियाले रियल सोसिडाडलाई ३२ ले हरायो । हारका बावजूद १९ खेलबाट ३० अंकका साथ रियल पाँचौं र १६ खेलबाट ३० अंकसहित सेभिया छैठौं स्थानमा कायमै छन् ।
यस्तै अर्को खेलमा दोस्रो स्थानको रियल मड्रिडले रेलिगेशन जोनको ओसासुनासँग गोलरहित बराबरी खेलेको छ ।
प्रतिक्रिया