आर्थिक

कालिमाटी फलफूल तथा तरकारी बजारमा अब डिजिटल भुक्तनी (भिडियो)

हिमालय टिभी
२०७७ पुष २४ गते १८:४२
कालिमाटी फलफूल तथा तरकारी बजारमा अब डिजिटल भुक्तनी (भिडियो)

२४ पुस, काठमाडौं । प्रभु बैंकले काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा डिजिटल भुक्तानी सेवा सुरु गरेको छ ।

बैंकले फोन पेसँगको सहकार्यमा तरकार खरिद गर्दा क्यू आर कोडमार्फत भुक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा ल्याएको हो । डिजिटल भुक्तानी सेवाको उद्घाटन गर्दै राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले यसबाट अब नगद बोक्नुपर्ने झन्झटको हट्ने र कारोबार सरल हुने बताउनुभयो ।

कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचेनले सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत नविनतम् सेवा प्रवाहमा बैंक प्रतिवद्ध रहेको बताउनुभयो ।

क्यू आर कोड सेवा सुरु भएसँगै कालीमाटी तरकारी तथा फलफूल बजारमा उपभोक्ता, कृषक र व्यापारीलाई कारोबारमा सहज हुने छ । नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्न यो सेवा शुरु गरिएको प्रभु बैंकले जनाएको छ ।

भिडियोका लागि यहाँ क्लीक गर्नुहोस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *