समाज

शितलहरका कारण ज्यालादारी गर्नेहरुको दैनिकी कष्टकर (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष २४ गते १८:०४
शितलहरका कारण ज्यालादारी गर्नेहरुको दैनिकी कष्टकर (भिडियोसहित)

२४ पुस, काठमाडौं । केही दिनदेखि बढेको चिसोका कारण पर्सामा दैनिकी कष्टकर बन्दै गएको छ । एक हप्तादेखि चलेको सितलहरका कारण बालबालिका, गर्भवती र दैनिक ज्यालादारी गर्नेहरु बढी समस्यामा परेका छन् ।

पर्सामा चिसोका कारण बजारमा चहल पहल कम भएको छ । ठेला, रिक्सा, चालक र विहानी सत्रमा पढ्ने विद्यार्थीलाई निकै समस्या भएको छ । चिसो अत्यधिक बढेर चहलपहल घटेपछि दैनिक मजदुरी गर्नेको आम्दानी पनि घटेको छ ।

चिसो अत्यधिक बढे पनि जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहवाट केही पनि राहत नपाएको भन्दै स्थानीय आक्रोशित छन ।
सम्भावित जोखिम हेरेर पूर्व तयारी शुरु गरिसकेको जिल्ला प्रशासन कार्यालयको दाबी छ ।

पुस २ गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा शीतलहरबाट हुने प्रभाव न्यूनीकरण गर्नेबारे छलफल भएको थियो । तर शितलहर लम्विइरहँदा प्रभावितलाई जोगाउन प्रशासनले ठोस पहल नगरेको स्थानीयको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्