आर्थिक

ठमेलका व्यावसयीको माग- अबेरसम्म रात्री व्यावसाय खोल्न पाउँ (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष २४ गते १७:२४
ठमेलका व्यावसयीको माग- अबेरसम्म रात्री व्यावसाय खोल्न पाउँ (भिडियोसहित)

२४ पुस, काठमाडौं । ठमेल क्षेत्रका व्यवसायीले राती अबेरसम्म व्यापार व्यवसाय गर्न पाउनु पर्ने माग गरेका छन् । कोरोना महामारीका कारण लामो समय व्यवसाय बन्द गर्नुपर्दा मारमा परेको भन्दै व्यवसायीले व्यवसाय खोल्ने अवधि बढाउनुपर्ने माग गरेका हुन् ।

कोरोना महामारीका कारण ९ महिनाबन्द रहेको काठमाडौंको रात्रीकालिन व्यवसाय बल्ल सञ्चालनमा आएको छ । डान्सबार, क्लब, दोहोरी, होटल, लाउन्ज लगायतका व्यवसाय रात्रीकालिन व्यवसाय अन्तर्गत पर्छन् । सरकारले कोरोना महामारीका कारण चैत ११ गतेदेखि बन्द गराएका यस्ता रात्रीकालिन व्यवसाय खुल्ला गर्ने निर्णय गरेपछि अहिले व्यवसाय सञ्चालनमा आएका हुन् । तर लामो समयपछि व्यवसाय खुले पनि राती ११ बजे नै बन्द गर्न प्रहरीले दबाब दिने गरेको भन्दै व्यवसायीले गुनासो गरेका छन् ।

विश्व स्वास्थ्य संगठन र सरकारले तोकेको स्वास्थ्य मापदण्डमा पालना गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौंले रात्रीकालिन व्यवसाय राति १२ बजेसम्म खुलाउन अनुमति दिएको छ । तर प्रशासनले १२ बजेसम्म खोल्न दिए पनि प्रहरीले भने राति ११ बजेभित्रै पसल बन्द गराउन उर्दी जारी गर्ने गरेको व्यवसायीको गुनासो छ । त्यसैले काठमाडौं प्रहरी प्रमुख समक्ष उनीहरुले समस्या समाधान गरिदिन अनुरोध गरेका छन् ।

व्यवसायीले राति अबेरसम्म व्यवसाय खुल्ला गर्न माग गरे पनि प्रहरी त्यसका लागि तयार छैन । रातभर व्यवसाय गर्दा घरबेटी तथा पाहुनालाई असर गर्ने तथा सुरक्षाका विषयसमेत चूनौतिपूर्ण भएको प्रहरीको भनाइ छ ।

काठमाडौं उपत्यमा २०० र उपत्यकाबाहिर ३०० गरी देशभर ५०० हाराहारीमा रात्रीकालिन व्यवसाय सञ्चालनमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *