अन्तर्वार्ता

सर्वोच्चले विवेक प्रयोग गरी असंवैधानिक कदम रोक्नुपर्छः पूर्व न्यायाधीश गिरीशचन्द्र लाल

हिमालय टिभी
२०७७ पुष २३ गते १५:५८
सर्वोच्चले विवेक प्रयोग गरी असंवैधानिक कदम रोक्नुपर्छः पूर्व न्यायाधीश गिरीशचन्द्र लाल

२३ पुस, काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालले प्रधानमन्त्रीले गैर संवैधानिक कदम चालेकाले सर्वोच्चले विवेक प्रयोग गरी संसद पुर्नस्थापित गर्ने विश्वास व्यक्त गर्नु भएको छ । हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा पूर्व न्यायाधीश लालले प्रधानमन्त्रीले असंवैधानिक कदम चालेर मुलुकलाई दुर्घटना तिर लैजान खोजेको टिप्पणी गर्नु भयो ।

संविधान विपरितको सिफारिस कार्यान्वयन गरेर राष्ट्रपतिले पनि गलत काम गरेको उहाँको दाबी छ । सिफारिस अस्वीकार गर्नु पर्नेमा स्वीकार गरेर राष्ट्रपति प्रधानमन्त्रीको रबर स्टयाम्प जस्तो भएको उहाँले आरोप लगाउनुभयो ।

सम्पूर्ण देशकै चासो भएको यो मुद्दा फैसला गर्न अदालतले ढिलाई गरेको भन्दै उहाँले असन्तुष्टी जनाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्