खेलकूद

फिटनेस ट्रेनर र फिजियोको निगरानीसँगै क्रिकेट खेलाडी प्रशिक्षणमा

हिमालय टिभी
२०७७ पुष २३ गते १३:२९
फिटनेस ट्रेनर र फिजियोको निगरानीसँगै क्रिकेट खेलाडी प्रशिक्षणमा

२३ पुस, काठमाडौं । कोरोनाका कारण झन्डै वर्ष दिन मैदान बाहिर रहेका क्रिकेट खेलाडी अहिले आईसिसी विश्व क्रिकेट लिग टु को तयारीमा छन् । लिग टु अन्तर्गत मार्चमा हुने ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि मंसिरदेखि नेपाली टोलीले प्रशिक्षण सुरु गरेको थियो । ९ महिनापछि सामूहिक प्रशिक्षणमा फर्किएका खेलाडी अहिले फिटनेस ट्रेनर र फिजियोको प्रत्यक्ष निगरानीमा फिटनेस लेभल सुधारका लागि अभ्यासमा जुटिरहेका छन् ।

नेपाल क्रिकेट संघले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई मंसिर दोस्रो साता देखि बन्द प्रशिक्षणमा राखेर चरणवद्ध रुपमा अभ्यास गराइरहेको छ । कोरोना महामारीका कारण गत चैतदेखि घरभित्रै सिमित भएका क्रिकेट खेलाडी करिब ९ महिनापछि प्रशिक्षणमा फर्किए । यसबीचमा कुनै प्रतियोगिता नहुँदा खेलाडीघरमै सामान्य अभ्यासमा रहे पनि लामो समयपछि मैदानमा उत्रिएका खेलाडीमा फिटनेसको समस्या देखिएको थियो । चितवनमा भएको गौतम बुद्ध कप क्रिकेटबाट पनि खेलाडीको फिटनेस लेभल प्रस्ट देखिन्थ्यो । यहि कुरालाई ध्यानमा राख्दै फिजियो बिक्रम न्यौपानले केही दिनदेखि खेलाडीको फिटनेसमा मिहिनेत गरिरहेका छन्।

फिटनेसमा न्यौपानेलाई ट्रेनर आशय हट्करले साथ दिईरहेका छन् । त्यसो त केही खेलाडीले व्यक्तिगत रुपमै पनि त्रिवि क्रिकेट मैदानमा अभ्यास गरिरहेका छन् । आगामी चैतमा नेपालले आईसिसी विश्व क्रिकेट लिग टु अन्तर्गत ओमानमा घरेलु टोली र अमेरिका सम्मिलित एक दिवसिय सिरिज खेल्दैछ । लामो समय देखि मैदान बाहिर रहेका खेलाडीलाई लिग टुका लागि तयार पार्न अहिले विभिन्न चरणका अभ्यास गराइएको छ ।

फिटनेस प्रशिक्षणबाट खेलाडीहरुले पनि सकारात्मक देखिएका छन् ।

सन् २०१४ मा बंगालदेशमा भएको ट्वेन्टी ट्वेन्टी विश्वकप खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा उदीयमान राष्टको परिचय बनाएको नेपालले एक दिवसीय मान्यता पनि पाइसकेको छ । यो मान्यतालाई जगाई राख्न पनि अबको नतिजाले नेपाली क्रिकेटको भविष्य तय गर्नेछ । यो वर्ष लिग टु अन्तर्गत नेपालले दुई वटा सिरिज खेल्नेछ । जसमा ओमानमा हुने सिरिज पछि नेपालले जुलाईमा घरेलु टोली स्कटल्याण्डसँगै नामिबियासँग सिरिज खेल्नेछ ।

भिडियोका लागि यहाँ क्लीक गर्नुहोस्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्