काराबाओ कपको उपाधिका लागि म्यानचेष्टर सिटी र टोटेनह्याम भिड्ने

२३ पुस २०७७ काठमाडौं । काराबाओ कप फूटबलको उपाधिका लागि साविक विजेता म्यानचेष्टर सिटी र टोटेनह्याम भिड्ने भएका छन् ।
गएराति सम्पन्न दोस्रो सेमिफाइनलमा चिरप्रतिद्बन्द्बी म्यानचेष्टर युनाइटेडमाथि २–० गोलको जित निकाल्दै सिटीले टोटेनह्यामसँगको फाइनल भिडन्त पक्का पारेको हो ।
अवे मैदानमा सिटीले ५०औं मिनेटमा जोन स्टोन्सको गोलबाट अग्रता बनाएको थियो ।
त्यस्तै फरनान्डिन्होले ८३ औं मिनेटमा सिटीको अग्रता दोब्बर पारेका थिए । त्यसपछि खेलमा थप गोल नहुँदा सिटी २–० ले विजयी भयो ।
यसअघि पहिलो सेमिफाइनलमा ब्रेन्टफोर्डलाई २–० गोलले नै हराउँदै टोटेनह्यामले फाइनलमा स्थान पक्का पारेको थियो ।
अब सिटीको दाउ लगातार चार पटक उपाधि उचाल्ने हुनेछ । सिटीले उपाधि जिते उसले चार पटक उपाधि विजेता लिभरपुलसँगको कीर्तिमान बराबरी गर्नेछ । फाइनल खेल अप्रिल २५ तारिखमा बेलायतको लण्डनस्थित बेम्बले रंगशालामा हुनेछ ।
प्रतिक्रिया