खेलकूद

खेलाडीको प्रोत्साहन भत्ता उपलब्ध गराइदिन खेलकुद मन्त्रीलाई ध्यानाकर्षण

हिमालय टिभी
२०७७ पुष २२ गते १८:३४
खेलाडीको प्रोत्साहन भत्ता उपलब्ध गराइदिन खेलकुद मन्त्रीलाई ध्यानाकर्षण

२२ पुस, काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ एनएनआइपिएले गत साउनदेखि रोकिएको प्रोत्साहन भत्ता उपलब्ध गराउन माग गर्दै युवा तथा खेलकुद मन्त्री दावा तामाङको ध्यानाकर्षण गराएको छ ।

सिंहदबार स्थित युवा तथा खेलकुद मन्त्रालयमा पुगेर एनएनआइपिएले राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई दिँदै आएको प्रोत्साहन भत्ता साउन देखि रोकिएको भन्दै यथासिघ्र सम्बोधन गर्न ध्यानकर्षण पत्र बुझाएको हो । पत्र बुझे पछि युवा तथा खेलकुद मन्त्री तामाङले खेलाडीलाई सेवा सुविधा दिलाउन सहजीकरण गर्ने बताउनुभयो ।

गत वर्ष नेपालमा नै सम्पन्न भएको १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले ५१ स्वर्ण पदक जितेको थियो । तर ती स्वर्ण पदक विजेताले अहिले सम्म प्रोत्साहन भत्ता पाएका छैनन् । गतआर्थिक वर्षसम्म प्रत्येक ओलम्पियनले मासिक ४ हजार, एसियाली खेलकुदका पदक विजेताले प्रति पदक ६ हजार र सागका स्वर्ण पदक विजेताले प्रति पदक ६ हजार रुपैयाँ प्रोत्साहन भत्ता पाउँदै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्