खेलकूद
अष्ट्रेलिया र भारतलाई पछि पार्दै न्युजिल्याण्ड उक्लियो टेस्ट वरियताको शीर्ष स्थानमा
२०७७ पुष २२ गते १५:३७
![अष्ट्रेलिया र भारतलाई पछि पार्दै न्युजिल्याण्ड उक्लियो टेस्ट वरियताको शीर्ष स्थानमा](https://www.himalayatv.com/wp-content/uploads/2021/01/new-zealand-test-team.jpg)
२२ पुस, काठमाडौं । अष्ट्रेलिया र भारतलाई पछि पार्दै न्युजिल्यान्ड अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीको टेष्ट वरियतामा पहिलो पटक शीर्षस्थानमा उक्लिएको छ ।
भ्रमणकारी टोली पाकिस्तानसँगको दुई खेलको टेस्ट शृंखला क्लिन स्विप गरेसँगै न्युजिल्यान्ड पहिलो पटक शीर्षस्थानमा उक्लिएको हो । न्युजिल्यान्ड ११८ अंकका साथ शीर्षस्थानमा आउँदा दोस्रो स्थानमा झरेको अष्ट्रेलियाको ११६ र तेस्रो स्थानमा रहेको भारतको ११४ अंक छ ।
त्यस्तै,इङ्ल्याण्ड चौथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा छ । पाहुना टोली पाकिस्तानलाई सिरिजको पहिलो खेलमा १०१ रनले हराएको न्युजिल्यान्डले दोस्रो खेल एक इनिङ्स र १७६ रनको जित हात पार्दै सिरिज २–० ले आफ्नो पक्षमा पारेको हो ।
प्रतिक्रिया