खेलकूद
टोटेनह्याम काराबाओ फूटबलको फाइनल प्रवेश
२०७७ पुष २२ गते ७:४९

२२ पुस २०७७ काठमाडौं । टोटेनह्याम काराबाओ फूटबलको फाइनलमा प्रवेश गरेको छ ।
गएराति सम्पन्न पहिलो सेमिफाइनलमा ब्रेन्थफोर्डलाई २–० गोलले पराजित गर्दै टोटेनह्यामले फाइनलमा स्थान पक्का पारेको हो ।
घरेलु मैदानमा टोटेनह्यामका लागि मौसा सिससोको र सन ह्यूङ मिनले गोल गरेका थिए । सिससोकोले खेलको १२औं तथा मिनले ७०औं मिनेटमा गोल गरेका थिए ।
अब टोटेनह्यामले फाइनलमा साविक विजेता म्यानचेष्टर सिटी र म्यानचेष्टर युनाइटेडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा आज राति सिटी र युनाइटेड भिड्दै छन् ।
प्रतिक्रिया