आर्थिक

शेयर बजारमा आज सामान्य करेक्सन

हिमालय टिभी
२०७७ पुष २० गते १८:५६
शेयर बजारमा आज सामान्य करेक्सन

२० पुस, काठमाडौं ।  शेयर बजारमा आज सामान्य करेक्सन भएको छ । हिजो एकै दिन ८८ अंकले बढेको नेप्से परिसूचक आज भने ६ दशमलव ३६ अंकले घटेको छ ।

नेप्से २१ सय ६९ बिन्दुमा पुगेको छ । बिहान बजार खुले लगत्तै नेप्से बढेर २२ सय १६ बिन्दुमा पुगेको भए पनि विक्री चाप परेपछि नेप्से घटेको हो । एक हप्तामा नै नेप्से डेढ सय अंकले बढेका कारण छोटो समयमा नै नाफा कमाएका लगानीकर्ताले शेयरको बिक्री चाप बढाएका थिए । जसले गर्दा नेप्से केही घटेको हो ।

कारोबार भएकामा आज विकास बैंक, जलविद्युत, वित्त, निर्जिवन विमा र अन्य समूहको उपसूचक बढेको भए पनि अरु सबै समूह घटेकाले नेप्से घटेको हो । नेप्सेसँगै कारोबार रकम पनि हिजोको तुलनामा आज ३८ करोड रुपैयाँले घटेको छ । दिनभरीमा आज ५ अर्ब ९६ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *