खेलकूद

बी डिभिजन लिगका लागि एन्फाले लागु गर्‍यो यस्तो नियम

हिमालय टिभी
२०७७ पुष २० गते १८:३४
बी डिभिजन लिगका लागि एन्फाले लागु गर्‍यो यस्तो नियम

२० पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कोरोना कहरका बिच हुन लागेको बी डिभिजन लिगका लागि नयाँ नियम लागु गरेको छ । जसअनुसार क्लवलाई यसअघिको भन्दा पाँच बढि खेलाडी अनुबन्धका लागि एन्फाले अनुमति दिएको छ ।

यसअनुसार ३५ खेलाडी अनुबन्ध गरिरहेका क्लबले अब ४० खेलाडी राख्न पाउनेछन् । त्यस्तै दुई अफिसियल थप्न पाउने र फिफाको नियम अनुसार एउटा खेलमा पाँच जना खेलाडीलाई परिवर्तन गर्न पाइने छ ।

यसअघि तीन जनामात्र खेलाडी परिवर्तन गर्न पाइने थियो । बी डिभिजन लिग फागुन ११ गतेदेखि शुरु हुँदै छ । यस्तै सातदोबाटोस्थित एन्फा कम्लेक्समा आज क्लवका प्रतिनिधिसँग भएको छलफलमा एन्फाले विधान संशोधन गरी क्लवको स्तरोन्नतीका लागि प्रतिबेदन प्रस्तुत गरेको छ । विधान संशोधन समितिका संयोजक तथा एन्फा प्रवक्ता किरण राईको अध्यक्षतामा भएको छलफलमा एन्फाले जिल्ला फुटबल संघलाई पनि नियमको दायरमा ल्याउने निर्णय गरेको छ । जसका लागि एन्फाले सात वटै प्रदेशमा प्रादेशिक फुटबल संघ गठनको प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ ।

विधान संशोधनका विषयमा एन्फाले प्रदेश एक, प्रदेश दुई, गण्डकी, लुम्बिनी, कर्णाली र सूदूरपश्चिमका जिल्ला फुटबल संघहरुसँग समेत छलफल गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्