खेलकूद

मेस्सी र स्वारेज फेरी एउटै क्लबमा खेल्दै !

हिमालय टिभी
२०७७ पुष १९ गते १३:४१
मेस्सी र स्वारेज फेरी एउटै क्लबमा खेल्दै !

१९ पुस २०७७ काठमाडौं । बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सीको क्लबसँगको सम्झौता यो सिजनको अन्त्यसँगै सकिँदैछ ।

बार्सिलोना छोडेर मेस्सी कुन क्लबमा जालान् भन्ने कौतुहलता कायमै छ । सिजन शुरु हुनुअघि मेस्सी म्यान्चेष्टर सिटीमा जाने चर्चा चलेको थियो । तर, पछिल्लो पटक मेस्सीले अमेरिकाको लिग खेल्न चाहेको संकेत दिएका छन् ।

डेविड बेक्ह्यामको इन्टर मायामीमा जाने संकेत दिएका हुन् । बेक्ह्यामले मेस्सीसँगै पूर्व सहकर्मी लुइस स्वारेजलाई अनुबन्ध गर्ने प्रयास गरेको स्पेनिस मिडियाहरुको भनाई छ ।

सिजनको अन्त्यपछि मेस्सीलाई बार्सिलोना छोड्ने बाटो खुल्नेछ । क्याटालुनिया रेडियोका अनुसार मेस्सी र स्वारेज फेरी एकअर्कासँगै खेल्न चाहेका छन् ।

यस्तै ला सेक्स्टा नामक एउटा रेडियोमा अन्तरवार्ताका क्रममा मेस्सीले अमेरिकाको लिग मेजर सकर लिगमा जाने संकेत दिएका छन् । उनले अमेरिकाको लिग खेल्ने इच्छा रहेको बताएका थिए ।

मेस्सीले फ्लोरिडामा अपार्टमेन्ट किनिसकेको पनि बताइएको छ । यस्तै उनले आफ्ना बच्चाहरुलाई पनि अमेरिकाको स्कुलमा पढाउन चाहेको बताएका थिए ।

‘अहिले नै कहाँ जान्छु त भन्न सक्दिन । तर, अमेरिकामा फुटबलको अनुभव गर्न चाहन्छु । त्यहाँको जिवनको अनुभव गर्न चाहन्छु । यसको निर्णय सिजनको अन्त्यपछि गर्नेछु,’ मेस्सीले भने ।

यसै सिजन बार्सिलोना छोडेर एट्लेटिको मड्रिड गएका लुइस स्वारेजको सम्झौता भने २०२२ सम्म छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्