इंग्लिस प्रिमियर लीगमा टोटेनह्याम, आर्सनल र क्रिष्टल प्यालेस विजयी
१९ पुस २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा टोटेनह्याम, आर्सनल र क्रिष्टल प्यालेस विजयी भएका छन् ।
प्रिमियर लीग अन्तर्गत टोटेनह्यामले लिड्स युनाइटेडमाथि ३–० गोलको जित निकाल्यो । घरेलु मैदानमा टोटेनह्यामको जितमा ह्यारी केन, सन ह्यूङ(मिन र टोबे अल्डेरवाइरेल्डले गोल गरे ।
२९ औं मिनेटमा केनले पेनाल्टीमार्फत गोल गर्दै टोटेनह्यामलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि टोटेनह्यामका लागि ४३ औं मिनेटमा सन र ५० औं मिनेटमा अल्डेरवाइरेल्डले गोल थपेका थिए ।
अन्तिम समयमा म्याट डोर्थी दोहोरो पहेंलो कार्ड पाउँदै बाहिरिएपछि टोटेनह्याम १० खेलाडीमा सीमित भएको थियो । जितपछि १६ खेलबाट २९ अंक जोड्दै टोटेनह्याम तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
लीग अन्तर्गत गएराति नै आर्सनलले वेष्ट ब्रोमलाई ४–०, क्रिष्टल प्यालेसले शेफिल्ड युनाइटेडलाई २–० ले पराजित गरे । त्यस्तै ब्राइटन र वुल्भ्सले ३३ को बराबरी खेलेका छन् ।
प्रतिक्रिया