खेलकूद

सेल्टा भिगोलाई हराउँदै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा

हिमालय टिभी
२०७७ पुष १९ गते ७:५१
सेल्टा भिगोलाई हराउँदै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा

१९ पुस २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति सम्पन्न खेलमा सेल्टा भिगोमाथि २–० गोलको जितसहित रियल तालिकाको शीर्ष स्थानमा पुगेको हो । घरेलु मैदानमा रियलको जितमा लुकास भाजक्वेज र मार्को असान्सियोले एक(एक गोल गरे ।

भाजक्वेजले खेलको छैठौं र असान्सियोले ५३औं मिनेटमा गोल गरेका थिए । जितसँगै रियलले १७ खेलबाट ३६ अंक जोडेको छ ।

उता दोस्रो स्थानको एट्लेटिको मड्रिडको १४ खेलबाट ३५ अंक छ । यस्तै अन्य खेलमा भिल्लारियालले लेभान्टेलाई २–१ तथा रियल भालाडोलिडले गेटाफेलाई १–० ले हराउँदा सेभिया र रियल बेटिस ११ को बराबरीमा रोकिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्