समाज
अर्धस्वचालित पेस्तोलसहित महोत्तरीबाट दुई जना भारतीय पक्राउ
२०७७ पुष १८ गते १३:१७
![अर्धस्वचालित पेस्तोलसहित महोत्तरीबाट दुई जना भारतीय पक्राउ](https://www.himalayatv.com/wp-content/uploads/2021/01/pestol-pakrau.jpg)
१८ पुस २०७७ महोत्तरी । महोत्तरीमा अर्ध स्वचालित पेस्तोलसहित दुई जना भारतीयलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुई राउण्ड लोडेड गोलीसहित भारत सितामढी ग्राम पन्चायत बाजपट्टीका १५ वर्षीय राजकुमार दास र १९ वर्षीय मुकेशकुमार मण्डल पक्राउ परेको सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिनुभयो ।
मनरा सिस्वा नगरपालिका १० मरुवाहीमा मदिरा भट्टीमा आफहरूसँग भनाभन भएपछि स्थानियले खबर गरेका थिए ।
प्रतिक्रिया