प्रिमियर लीगमा म्यानचेष्टर युनाइटेड र वेष्टह्याम युनाइटेड विजयी

१८ पुस २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा म्यानचेष्टर युनाइटेड र वेष्टह्याम युनाइटेड विजयी भएका छन् ।
प्रिमियर लीग अन्तर्गत दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडले एष्टन भिल्लामाथि २–१ को जित निकाल्यो । घरेलु मैदानमा युनाइटेडले ४०औं मिनेटमा एन्थोनी मार्सियलको गोलसँगै अग्रता बनाएको थियो ।
तर ५८औं मिनेटमा एष्टनका बर्टेन्ड ट्राओरेले गोल गर्दै खेल एक ११ को बराबरी गरेका थिए । त्यसपछि ६१औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गरेपछि युनाइटेड २–१ ले विजयी भयो । जितसँगै म्यानचेष्टर युनाइटेडले शीर्ष स्थानको लिभपुलसँग अंक बराबरी गरेको छ ।
लिभरपुलले १६ खेलबाट ३३ अंक जोड्दा म्यानचेष्टर युनाइटेडको पनि समान १६ खेलबाट ३३ अंक नै छ ।
लीग अन्तर्गत नै अर्को खेलमा अवे मैदानमा वेष्ट ह्याम युनाइटेडले एभर्टनलाई १–० ले हरायो ।
वेष्ट ह्यामको जितमा टोमस साउसेकले ८६ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । एभर्टन तालिकाको चौथो स्थानमा रहँदा वेष्टह्याम दशौं स्थानमा छ ।
प्रतिक्रिया