खेलकूद

प्रधानमन्त्री कप महिला क्रिकेटमा आज पनि दुई खेल हुँदै

हिमालय टिभी
२०७७ पुष १८ गते ७:४७
प्रधानमन्त्री कप महिला क्रिकेटमा आज पनि दुई खेल हुँदै

१८ पुस २०७७ दाङ । दाङमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा आज सेमिफाइनलका खेल शुरु हुँदैछन् ।

दाङको लमहीमा जारी प्रतियोगिताका दुबै सेमिफाइनलका खेल आज हुन लागेका हुन् । लमही क्रिकेट मैदानमा हुने पहिलो खेलमा विभागीय टोली एपीएफ र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ ।

एपीएफ समूह ए को विजेता टोली हो भने सुदूरपश्चिम समूह बी को उपविजेता हो । खेल बिहान साढे नौ बजे शुरु हुनेछ ।

यस्तै आजै हुने दोस्रो सेमिफाइनलमा प्रदेश(१ र लुम्बिनी प्रदेश आमने सामने हुनेछन् । प्रदेश(१ समूह बी को विजेता र लुम्बिनी समूह ए को उपविजेता हुन् ।

खेल दिउँसो सवा एक बजे शुरु हुनेछ । आठ टोली सहभागी प्रतियोगितामा प्रत्येक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्