खेलकूद
एट्लेटिको म्याड्रिड स्पेनिस ला लीगाको शीर्ष स्थानमा
२०७७ पुष १६ गते ७:५३

१६ पुस २०७७ काठमाडौं । एट्लेटिको म्याड्रिडले स्पेनिस ला लीगाको शीर्ष स्थानमा रहँदै सन् २०२० टुंग्याएको छ ।
गएराति भएको खेलमा गेटाफलाई १–० ले हराएपछि ला लिगाको २०२० को अन्तिम दिन एट्लेटिको म्याड्रिड शीर्ष स्थानमा पुगेको हो ।
वान्डा मेट्रोपोलिटनोमा भएको खेलको २० औं मिनेटमा लुइस सुआरेजले गरेको गोल नै निर्णायक बन्यो । जीतसँगै ३५ अंकसहित एट्लेटिको म्याड्रिड लीगको शीर्ष स्थानमा छ । पराजित गेटाफे १७ अंकसहित लीगको १४ औं स्थानमा छ ।
गएरातिनै भएको खेलमा दोस्रो स्थानको रियल मड्रिड ऐल्चेसँग १–१ को बराबरीमा रोकियो । बराबरीपछि रियलको ३३ अंक भएको छ ।
प्रतिक्रिया