खेलकूद
लिभरपुल र न्युक्यासल युनाइटेडबीचको खेल बराबरीमा रोकियो
२०७७ पुष १६ गते ७:४८
१६ पुस २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीगको शीर्ष स्थानको लिभरपुलले न्युक्यासल युनाईटेडसँग गोलरहित बराबरी खेलेको छ ।
सन् २०२० को अन्तिम खेलमा लिभरपुललाई न्युक्यासलले गोलरहित बराबरीमा रोकेको हो । लिभरपूलका म्यानेजर जुर्गन क्लोपले यो वर्षको अन्तिम खेल जित विहिन भएपनि तीन अंकको अग्रतासहित टुंगिएको बताए ।
लिभरपुलका लागि मोहम्मद सालाहले गोलको राम्रा अवसर गुमाए । बराबरीसँगै लिभरपुलको ३३ अंक छ ।
दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडको ३० अंक रहेको छ । बराबरीपछि न्युक्यासल १९ अंकसहित लिगको १४ औं स्थानमा छ ।
प्रतिक्रिया