आर्थिक

विद्युत ग्रीड आधुनिकीकरणका लागि एडीबीले १८ अर्ब ऋण दिने

हिमालय टिभी
२०७७ पुष १५ गते १५:०९
विद्युत ग्रीड आधुनिकीकरणका लागि एडीबीले १८ अर्ब ऋण दिने

१५ पुस २०७७ काठमाडौं । एसियाली विकास बैंक र अर्थ मन्त्रालयबीच विद्युत ग्रीड आधुनिकीकरण आयोजनाका लागि सहुलियतपूर्ण ऋण सहायता परिचानल गर्नेसम्बन्धी सम्झौता भएको छ ।

आज अर्थमन्त्रालयमा भएको कार्यक्रममा मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंक नेपालका कार्यालय प्रतिनिधि रुदी लुइस हेन्ड्रिकस भान्देलले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार एसियाली विकास बैंकले १ सय ५६ मिलियन अमेरिकी डलर (१८ अर्ब २५ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने छ । अर्थ मन्त्रालयका सहसचिव नेपालले एडिबीबाट प्राप्त ऋण सहायतामा नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणले थप लगानी गरी १ सय ९५ मिलियन अमेरिकी डलर (करिब २२ अर्ब ८१ करोड रुपैयाँ ) को परियोजना कार्यान्वयनमा ल्याइने बताउनुभयो ।

यो आयोजनाले विद्युत वितरणसम्बन्धी तीन वटा मुख्य कृयाकलापलाई जोड दिएको छ । विद्युत सबस्टेसनलाई स्वचालित बनाउने, विद्युत वितरणलाई विश्वसनीय र गुणस्तरीय बनाउने काम आयोजनाले गर्ने सहसचिव नेपालले बताउनुभयो ।

आयोजनाले नेपाल विद्युत प्राधिकरणको संस्थागत क्षमता अभिवृद्धि गर्नलाई सहयोग गर्ने विश्वास गरिएको छ । आयोजना ५ वर्षमा सम्पन्न हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *