अन्तर्वार्ता
म कुनै गुटमा छैन, ओली-प्रचण्ड मिलाउने प्रयासमा छुः दीनानाथ शर्मा, नेकपा संसदीय दलका नेता, राष्ट्रिय सभा (भिडियोसहित)
२०७७ पुष १५ गते १३:२३

१५ पुस २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक विभाजनको संघारमा रहेका बेला राष्ट्रिय सभामा नेकपाका संसदीय दलका नेता दीनानाथ शर्माले आफू कुनै पनि गुटमा नरहेको स्पष्ट पार्नु भएको छ ।
हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा नेता शर्माले आफू ओली र प्रचण्ड कुनै पनि गुटमा नरहेको बताउनुभयो ।
राष्ट्रिय सभामा चार वर्षे कार्यकालका लागि निर्वाचित नेता शर्माले आफू संसदमा रहँदासम्म संयोजनकारी भूमिका निर्वाह गर्ने र दुई पार्टीलाई अझै पनि मिलाउन पहल गरिरहने बताउनुभयो ।
तर नेता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर गैरसंवैधानिक काम गरेको भन्दै त्यसका विरुद्ध आन्दोलन गर्नु नागरिक अधिकारको कुरा भएको बताउनुभयो ।
प्रतिक्रिया