खेलकूद

प्रधानमन्त्री कप महिला क्रिकेटमा आज पनि दुई खेल हुँदै

हिमालय टिभी
२०७७ पुष १५ गते ७:४५
प्रधानमन्त्री कप महिला क्रिकेटमा आज पनि दुई खेल हुँदै

१५ पुस २०७७ दाङ । दाङमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन् ।

दाङको लमहीमा समूह बी अन्तर्गत आज प्रदेश १ र सुदूरपश्चिम प्रदेश तथा बागमती प्रदेश र गण्डकी प्रदेशबीच खेल हुनेछ । पहिलो खेलमा प्रदेश १ र सुदूरपश्चिम प्रदेश भिड्दै छन् ।

हिजो पहिलो खेल जितेका दुबै टोलीको लक्ष्य आज दोस्रो जित निकाल्ने हुनेछ । हिजो प्रदेश १ ले बागमती प्रदेशलाई ४६ रनले र सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ५९ रनले हराएका थिए । देउखुरी क्रिकेट मैदानमा हुने खेल बिहान साढे नौ बजे शुरु हुनेछ ।

यस्तै आजै दिउँसो बागमती प्रदेश र गण्डकी प्रदेशबीच खेल हुनेछ । पहिलो खेलमा पराजित भएका दुबै टोलीले आज जित्ने लक्ष्यका साथ मैदान ओर्लने छन् । सोही मैदानमा खेल दिउँसो सवा एक बजे शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्