खेलकूद

प्रिमियर लीगमा म्यानचेष्टर युनाइटेड, लिड्स, आर्सनल र बर्नली विजयी

हिमालय टिभी
२०७७ पुष १५ गते ७:४२
प्रिमियर लीगमा म्यानचेष्टर युनाइटेड, लिड्स, आर्सनल र बर्नली विजयी

१५ पुस २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा म्यानचेष्टर युनाइटेड, लिड्स, आर्सनल र बर्नली विजयी भएका छन् ।

लीग अन्तर्गत म्यानचेष्टर युनाइटेडले उल्फ्समाथि १–० को संघर्षपूर्ण जित निकाल्यो । युनाइटेडको जितमा मार्कस राशफोर्डले खेलको अन्तिम समयको इञ्जुरी समयमा गोल गरेका थिए ।

जितपछि १५ खेलबाट ३० अंक जोड्दै म्यानचेष्टर युनाइटेड तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

लीग अन्तर्गत नै अन्य खेलमा लिड्सले वेष्ट ब्रोमलाई ५–०, आर्सनलले ब्राइटनलाई १–० र बर्नलीले सेफिल्ड युनाइटेडलाई १–० ले हराए । यस्तै साउथह्याम्टन र वेष्ट ह्याम युनाइटेडले गोल बराबरी खेले ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्